काठमाडौं, १४ जेठ । बितेको २४ घण्टामा देशमा ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् ।
यससँगै नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
The post लगातार तेस्रो दिन संक्रमितभन्दा कोरोनामुक्त हुने धेरै appeared first on Sajha Post.