नयाँ दिल्ली, ११ जेठ । आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन् । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गर्न लागेका हुन् ।
गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएको छ । भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइडसमेत छ ।
यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएको थियो ।
The post भारतमा स्पुतनिक-भीको उत्पादन सुरु appeared first on Sajha Post.