Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा संक्रामक र जोखिमपूर्ण नयाँ भेरियन्टहरु पत्ता लाग्यो

$
0
0

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको र त्यो निकै संक्रामक रहेको जनाएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।

मन्त्रालयका डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको हो ।’ हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।

The post स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा संक्रामक र जोखिमपूर्ण नयाँ भेरियन्टहरु पत्ता लाग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles