काठमाडाैं, १ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । त्यस्तै, थप १८७ जनाको कोभिड-१९ का कारण मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयका अनुसार शनिवार पनि काठमाडाैं उपत्यकामा उच्च संख्यामा सङ्क्रमित भेटिएका छन्
शनिवार काठमाडाैंमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
The post शनिबार थपिए ८ हजार भन्दा बढी कोरोना संक्रमित, थप १८७ को मृत्यु appeared first on Sajha Post.