काठमाडौं, २६ वैशाख । काठमाडौँ उपत्यकामा मात्र ४ हजार १९८ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार १६१ जना काठमाडौँका, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जनामा संक्रमित पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
The post उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार १९८ जना संक्रमित थपिए appeared first on Sajha Post.