काठमाडाैं, २४ वैशाख । नेपालमा कोरोना संक्रमितको दिनहूँ नयाँ रेकर्ड बनेको छ ।
पछिल्लो २४ घण्टामा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ । जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोनाकै कारण शुक्रबार थप ५० जनाको मृत्यु भएको छ ।
The post नेपालम कोरोना संक्रमितको दिनहुँ नयाँ रेकर्ड, थप ५० को मृत्यु appeared first on Sajha Post.