Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नर्सहरु आमाकै नयाँ अवतार रहेछन्ः डा. भट्टराई

$
0
0

काठमाडौं, २४ वैशाख । पेटको शल्यक्रिया गरेर स्वास्थ्यलाभ गरिरहेका जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला वीर अस्पतालमा छन् । अस्पतालको बेडबाट उनले नर्सहरुलाई दोस्री आमाको संज्ञा दिएका छन् ।

बिरामीको सेवामा समर्पित नर्सहरुसँगको तस्बिर पोस्ट गर्दै डा. भट्टराईले भनेका छन्, ‘हाम्रा दोस्री आमा यी नर्सहरू !’ उनले न्यूनतम वेतनमा काम लगाएर र लामो समय करारमा काममा लगाएर नर्सहरुको शोषण भएको सन्दर्भ पनि उठाएका छन् ।

यस्तो छ नर्सहरुबारे डा. भट्टराईको टिप्पणी-

‘हाम्रा दोस्री आमा यी नर्सहरू !’

स्कूलमा फ्लोरेन्स नाइटिङ्गेलको जीवनी  “Lady With The Lamp” पढेर नर्सहरूको पेशागत महानताबारे पहिलो पाठ बुझिएको हो !

पछि जीवनमा पटक पटक हस्पिटलमा उनीहरूको महत्वपूर्ण भूमिकाबारे प्रत्यक्ष भेगिएको पनि हो।

तर यसपटक वीर हस्पिटलमा (खास गरी अपरेसन पश्चातका पाँच दिन ICU मा ) बस्दा नर्सहरू हाम्रा जन्मजननी आमाकै नयाँ अवतार भएको अन्तरहृदयैदेखि अनुभूति भयो !

कहिल्यै नचिनेका, कुनै नातासाइनो नभएका रोगी/अशक्त/अचेत मानिसहरूको दिसापिसाब सोहोर्ने, प्रदुषित शरीर सफा गर्ने, डाइपर समेत लगाइदिने, रातदिन झर्को नमानी बिरामीहरूको स्याहार गर्ने काम अरू कसले गर्न सक्छ ?

अनि उल्टै उनीहरूलाई नै  ‘…छोरी बिग्रे नर्स…’ भनेर हेप्ने ?

१२/१३ वर्षसम्म करारमा काम लगाउने ? न्यूनतम वेतन दिन समेत आनाकानी गर्ने ? प्रोत्साहन भत्ता रोकेर राख्ने ?….

यस्ता साक्षात ‘देवी’हरू,हाम्रा दोस्रो आमाहरूलाई हार्दिक नमन !!

The post नर्सहरु आमाकै नयाँ अवतार रहेछन्ः डा. भट्टराई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles