Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

धमाधम पीसीआर परीक्षण गराउँदै सांसदहरु

$
0
0

काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको छ ।

कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बुधबार बिहानसम्म सभामुख अग्नि सापकोटा, एमाले नेता माधवकुमार नेपाल, योगेश भट्टराईलगायत सांसदका साथै कर्मचारीहरुले कोरोना परीक्षण गरेका छन् ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमालेभित्र माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदहरु विभिन्न विकल्पबारे तयारी गरिरहेका छन् । मत दिन जानु पर्दा वा फ्लोर क्रस गर्ने अवस्थामा संसदमा प्रवेश गर्न उनीहरुले पनि कोरोना परीक्षण गराइरहेका छन् ।

केही सांसदहरु यसअघि नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसिसकेका छन् भने केही सांसद उपचारको क्रममा छन् ।

The post धमाधम पीसीआर परीक्षण गराउँदै सांसदहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles