Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘मैले मानिसको यौन जीवन सुधार्न सक्छु भन्ने थाहा पाउँँदा निकै खुशी लाग्छ’

$
0
0

एजेन्सी, २१ बैशाख । स्टेला रालफिनीको उमेर ७३ वर्ष पुगेको छ । प्राकृतिक स्वास्थ्य र सौन्दर्यको क्षेत्रमा लामो अनुभव बटुलेकी स्टेला ‘लभ क्याम्प’की संस्थापक पनि हुन् ।

जीवनसम्बन्धी विभिन्न प्रशिक्षण दिँदै आएकी स्टेलाले किताब पनि लेखेकी छन् । उनी चक्र साइकोलोजी, थ्री फेसेस अफ सेक्स, सेन्सुअल सर्सरी र रक एण्ड रोल मेहेमकी लेखक हुन् । उनले प्राय: यौन जीवन र मायालाई आफ्नो विषयवस्तु बनाउँछिन् । विश्वभर सचेत माया ल्याउने/फैलाउने उनको उद्देश्य रहेको छ ।

धेरैले स्टेलालाई नव तन्त्र प्रेमकी प्रशिक्षक (Neo Tantra Love coach) को रुपमा चिन्छन् । मानिसहरुले यौनलाई सम्बन्धको एउटा अंशका रुपमा मात्रै लिनुपर्छ भन्ने उनी ठान्छिन् । उनका प्रशिक्षणबाट कैयौं दम्पत्तीको सम्बन्धले पुनर्जीवन पाएको छ ।

स्टेलाले पढाउँदै आएको नियो तन्त्र पश्चिमी मुलुकका दम्पतीसँग मेल खाने गरी परिमार्जन गरिएको परम्परागत तन्त्र विज्ञानको आधुनिक रुप हो । उनले यसलाई ‘यथार्थपरक (down to earth), मायालु वचनयुक्त (flirty) र चन्चले (playful)’  तन्त्रको रुपमा हेर्छिन् ।

उनले दम्पतीहरुलाई गुप्ताङ्ग नहेरिकनै कसरी यौन सम्पर्क गर्न सकिन्छ भनेर सिकाउँछिन् । यस क्रममा बेलाबेला सेक्स टोय र मसाज आयल पनि प्रयोग गर्छिन् । ‘अभ्यासमा माया गर्ने तरिकाको अन्वेषण र व्यवहारिक अभ्यास समेटिएको हुन्छ’, उनले भनिन् ।

‘प्रेम गर्नु (lovemaking) को अर्थ यौन सम्पर्क मात्रै होइन । प्राय: दम्पत्तीले मैनबत्तीसँगै हट बाथको व्यवस्था गरिदिने वा एकअर्कालाई मालिस गर्ने जस्ता सामान्य कुरा गर्न भुल्छन्’, स्टेलाले भनिन्, ‘मैले सम्बन्ध बिग्रँदै गएका र यौन जीवनबाट असन्तुष्ट कैयौं दम्पतीसँग काम गरेकी छु ।’

उमेरले आफ्नो कामलाई असर नगरेको पनि स्टेलाले सुनाइन् । ‘मेरो उमेरले कामलाई असर गर्दैन’, उनले भनिन्, ‘भर्खरका दम्पतीले मलाई एउटा विवेकी र अनुभवी शिक्षकको रुपमा लिन्छन् ।’

स्टेला रालफिनी

स्टेलाले आफ्नो प्रशिक्षणमा सम्भोगमाथि त्यति जोड दिन्नन् । ‘महिला र पुरुष निकै भिन्न हुन्छन्, उनीहरुका फरक-फरक आवश्यकता हुन्छन्’, उनले भनिन्, ‘महिलाहरुले यौन मात्रै चाहँदैनन् । उनीहरु मायालु स्पर्श चाहन्छन् । मायालु स्पर्श गर्दैमा सँधै सम्भोग गर्नुपर्छ भन्ने हुँदैन ।’

यौन सम्पर्कका क्रममा पुरुषहरु प्राय: हतार गर्ने, महिलाको आनन्द/सन्तुष्टिलाई जोड नदिने गुनासो धेरै महिलाले सुनाउने गरेको पनि स्टेलाले बताइन् ।

कतिपय दम्पतीहरु लामो समयसँगै बसेर पनि आफ्नो श्रीमान/श्रीमतिले यौनबारे अनौठो कल्पना गर्ने कुरा थाहा नहुने पनि उनले बताइन् । यही भएर आफूले उनीहरुलाई यसबारे बोल्न प्रोत्साहित गरेको र यसबाट दम्पतीले कसरी असल मान्छे बन्ने भनेर सिक्ने उनको भनाइ छ ।

स्टेलाको प्रशिक्षणमा सहभागी भएर कैयौं दम्पतीले आफ्नो सम्बन्धमा नयाँ ऊर्जा र पुनर्जीवन पाएका छन् । यही कारण धेरैले उनको प्रशंसा गर्छन् । यसमध्ये बेलायतको सुफोल्कमा बस्ने २ सन्तानकी आमा सु पनि पर्छिन् ।

‘पन्ध्र वर्षसम्म सँगै बसेपछि जीवन कठिन हुँदै जान्छ र ऊर्जा हराउँदै जान्छ’, सुले भनिन्, ‘स्टेलासँग तीनवटा प्रशिक्षण लिएपछि हामी दुबैजनाले अझै नजिक भएको अनुभव गरेका छौं र हाम्रो यौन जीवनमा सुधार आएको छ ।’

‘हामी दुबैजना यौनका लागि समय दिनुपर्छ र बेलाबेला यसमा संलग्न हुनुपर्छ भन्ने कुराप्रति थप सचेत बनेका छौं । मेरा ५९ वर्षीय पति मार्क र मैले सुरुमा हामीसँग भएको ऊर्जालाई पुन: पाएका छौं ।’

स्टेलालाई पनि प्रशिक्षणमा सहभागी दम्पत्तिबाट आउने प्रतिक्रिया नै आफ्नो प्रशिक्षणको सबैभन्दा राम्रो पक्ष लाग्छ । ‘मैले मानिसको यौन जीवन सुधार्न सक्छु भन्ने थाहा पाउँँदा निकै खुशी लाग्छ’, उनले सुनाइन ।

(मेट्रो डटकमबाट) 

The post ‘मैले मानिसको यौन जीवन सुधार्न सक्छु भन्ने थाहा पाउँँदा निकै खुशी लाग्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles