काठमाडौं, २१ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहँदा थप ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ ।
१६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । जुन हालसम्मकै उच्च हो ।
मंगलबारसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
The post मंगलबार १७७५ जना संक्रमणमुक्त हुँदा ७६६० जना संक्रमित थपिए appeared first on Sajha Post.