Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाका ६ भेरियन्टको घेराबन्दीमा भारत, १५ गुणा खतरनाक नयाँ स्ट्रेन भेटियो

$
0
0

एजेन्सी, २१ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ स्वरुप (new variant) फेला परेको छ । नयाँ भेरियन्टको नाम ‘एपी स्ट्रेन’ राखिएको छ ।

आन्ध्र प्रदेशमा देखिएको नयाँ भेरियन्टलाई वैज्ञानिक भाषामा ‘एन४४०के’ नामाकरण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

नयाँ भेरियन्ट हालसम्म भेटिएका भेरियन्टभन्दा १५ गुणा संक्रामक एवं खतरनाक रहेको समाचारमा जनाइएको छ । यही भेरियन्टका कारण मानिसहरु ३-४ दिनमै गम्भीर रुपले बिरामी भइरहेका छन्।

हैदरावादस्थित सेन्टर फर सेल्युलर एण्ड मोलिक्युलर बायोलोजी (सिसिएमबी) का वैज्ञानिकले ‘एपी स्ट्रेन’ पत्ता लगाएका हुन् ।

सुरुमा आन्ध्र प्रदेशको कुरनूलमा फेला परेको ‘एपी स्ट्रेन’ यसअघिका ‘बि१.६१७’ र ‘बि१.६१८’ लगायतका भेरियन्टभन्दा निकै शक्तिशाली भएको वैज्ञानिकको भनाइ छ । उनीहरुका अनुसार यसले युवाहरु, इम्युनिटी पावर बलियो भएका र आफ्नो स्वास्थ्यलाई निकै ख्याल गर्ने मानिसलाई पनि सजिलै संक्रमण गर्न सक्छ ।

नयाँ भेरियन्ट ‘एपी स्ट्रेन’ चाँडै नै विकसित भइरहेको र यसको इनक्युबेशन अवधि (अर्थात् लक्षण देखिनुपूर्व संक्रामक रोग विकास हुने चरण) र संक्रमण फैलिने समयसीमा कम छ । यसबाट संक्रमित भएका मानिसहरु ३-४ दिनमै गम्भीर अवस्थामा पुग्छन् ।

भारतमा यस पटक सुरु भएको कोरोना लहर पहिलाको भन्दा निकै भिन्न छ र नयाँ भेरियन्टले तीव्र गतिमा मानिसलाई संक्रमित बनाइरहेको छ । ‘एपी स्ट्रेन’ भर्खर फेला परेको र यसबारे सबै कुरा थाहा नभइसकेकाले वैज्ञानिकहरु पनि निकै चिन्तित बनेका छन् ।

उत्परिवर्तन भएर जन्मेको ‘एपी स्ट्रेन’ को लिनियज (वंशज) खासै शक्तिशाली नभए पनि दक्षिण भारतमा यसलाई लिएर चिन्ता बढ्न थालेको छ । किनभने यही भेरियन्टका कारण पछिल्लो सात दिनमा महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, केरला र तेलंगानामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

हालै प्रयोगशालामा गरिएको परीक्षणबाट फरक-फरक भेरियन्टबीच मानिसलाई संक्रमण गर्ने प्रतिस्पर्धा नै चल्ने गरेको देखिन्छ । अर्थात् हरेक भेरियन्टले आफूलाई जीवित राख्नका लागि बढीभन्दा बढी मानिसलाई संक्रमित गर्ने प्रयास गर्छन् । हाल भारतभर भइरहेको यस्तो प्रतिस्पर्धामा ‘एपी स्ट्रेन’ पनि थपिएको छ ।

महाराष्ट्रमा कोरोना भाइरसको दोस्रो लहर दक्षिण भारतका चार राज्य आन्ध्र प्रदेश, केरला, कर्नाटक र तेलंगानामा भन्दा करिब डेढ महिना पहिला सुरु भएको थियो । महाराष्ट्रमा ‘एपी स्ट्रेन’ सहित छ वटा भेरियन्ट देखिए पनि बि१.६१७ नामक भेरियन्टबाट धेरै मानिसहरु संक्रमित भएका छन् । यही भेरियन्टको उत्परिवर्तन अर्थात् ‘एपी स्ट्रेन’ नामक नयाँ भेरियन्ट आन्ध्र प्रदेशको कुरनूलमा देखा परेको हो ।

हाल दक्षिण भारतमा कोरोना भाइरसका  बि.१, बि.१.१.७, बि.१. ३५१, बि.१.६१७ र बि.१.३६ नामक पाँच मुख्य भेरियन्टबाट मानिसहरु संक्रमित भइरहेका छन् । यसबाहेक, ‘एपी स्ट्रेन’ समेत तीव्र गतिले फैलिइरहेको अनुमान गरिएको छ ।

भारतभरको कुरा गर्ने हो भने बि.१.१.७ भेरियन्टबाट सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसपछि बि.१.६१७ र बि.१.३५१ भेरियन्टबाट मानिसहरु बढी संक्रमित भएको देखिन्छ ।

‘एपी स्ट्रेन’ को हकमा भन्नुपर्दा यो उत्परिवर्तनको मात्रा दक्षिण भारतमा विद्यमान भाइरस जिनोमको तुलनामा २० प्रतिशत कम छ । तर जुन भेरियन्ट ‘एपी स्ट्रेन’सँग संयोजन हुन्छ वा मिल्छ, त्यो भेरियन्ट थप खतरनाक भइरहेको देखिन्छ । यही कारण मानिसहरु संक्रमण भएको ३-४ दिनमै गम्भीर हुन पुग्छन् ।

The post कोरोनाका ६ भेरियन्टको घेराबन्दीमा भारत, १५ गुणा खतरनाक नयाँ स्ट्रेन भेटियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles