काठमाडौं, १९ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा अहिलेसम्मकै अत्यधिक संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् ।
यी संक्रमितमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् । यो एकदिनमा संक्रमित भएको काठमाडौं उपत्यकाको अहिलेसम्मकै अत्यधिक संख्या हो ।
मुलुकभर पनि रेकर्ड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालभर थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हुन् । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
The post उपत्यकामा एकैदिन ३५ सयभन्दा बढी संक्रमित थपिए appeared first on Sajha Post.