Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पोखरामा एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

$
0
0

पोखरा, १७ वैशाख । गण्डकी प्रदेशको राजधानी पोखरामा एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ८० जना र लाइफ केयर डायगनस्टिकमा गरिएको परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका ६ की ८२ वर्षीया महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

योसँगै कास्कीमा कुल सक्रिय संक्रमितको संख्या १०११ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ ।

गण्डकी प्रदेशभर भने पछिल्लो २४ घण्टामा २७४ जना संक्रमित थपिएका छन् । संक्रमितमा कास्कीका १६३, गोरखाका ४३ जना, बाग्लुङका २३ जना, नवलपुरका १७ जना, म्याग्दी र स्याङ्जाका ९-९ जना, तनहुँका ७ जना, पर्वतका २ जना र लमजुङका १ जना छन् ।

योसँगै कुल संक्रमितको संख्या १८ हजार ६४५ पुगेको छ । त्यसैगरी मुस्ताङ र स्याङ्जाका १-१ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ सँगै हालसम्म १६ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

The post पोखरामा एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles