काठमाडौं, १६ वैशाख । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा एक हजार एक सय २७, ललितपुरमा दुई सय ५२ र भक्तपुरमा एक सय ८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
बिहिबार देशभर थप चार हजार नौ सय २८ जनामा कोरोना संक्रमण देखिएसँगै देशभर सक्रिए संक्रमितको संख्या ३४ हजार एक सय सात पुगेको छ। क्वारेन्टाइनमा ५९ जना छन्। देशभरका कोभिड अस्पतालका आइसियूमा तीन सय ३७ र भेन्टिलेटरमा एक सय सात जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
The post उपत्यकामा थपिए १ हजार ५ सय ६१ जना कोरोना संक्रमित appeared first on Sajha Post.