Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

७७ वटै जिल्लामा फैलियो कोरोना भाइरस, १२ जिल्लामा ५०० र १० जिल्लामा २०० भन्दा बढी संक्रमित

$
0
0

काठमाडौं, १५ वैशाख । नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसबाट संक्रमितहरु भेटिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अद्यावधिक तथ्यांकका अनुसार नेपालका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

बुधबार अपरान्हसम्म १२ जिल्लामा कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ भने १० जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत छन् ।

५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । त्यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् ।

हेर्नुहोस् जिल्लाअनुसार संक्रमितको अवस्था-

The post ७७ वटै जिल्लामा फैलियो कोरोना भाइरस, १२ जिल्लामा ५०० र १० जिल्लामा २०० भन्दा बढी संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles