काठमाडौं, १२ वैशाख । पछिल्लो १ हप्तामा नेपालमा कोरोना संक्रमित २४१ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । यो झण्डै २.५ गुणाले धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार संक्रमणको वृद्धिदर विश्वकै उच्च तहमा पुगेको पनि जनाएको छ ।
अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।
यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले तत्काल थप सावधानी नअपनाइए अवस्था खराब हुने बताए ।
The post नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च, एक हप्तामै २४१ प्रतिशतले संक्रमित बढे appeared first on Sajha Post.