काठमाडाैं, १२ वैशाख । कोरोना संक्रमित यहि दरमा थपिदैं गए केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने बताएको हो । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेकाे मन्त्रालयले जनाएको छ ।
छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।
The post स्वास्थ्य मन्त्रालय भन्छ: यही दरमा सङ्क्रमित थपिए केही दिनमै अस्पतालमा ठाउँ पाइँदैन appeared first on Sajha Post.