Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बितेको २४ घण्टामा २५५९ जना संक्रमित, ५ जना संक्रमितको मृत्यु

$
0
0

काठमाडौं, १० वैशाख । बितेको २४ घण्टामा नेपालमा २ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ५ जना संक्रमितको मृत्यु भयो भने ४१० जना संक्रमित निको भए ।

कुल संक्रमितमध्ये पुरुष १ हजार ४२६ र महिला १ हजार २३ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट शुक्रबार अपरान्ह अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा २ लाख ९४ हजार ६०१ जना संक्रमित भइसकेकोमा २ लाख ७६ हजार ७५५ जना निको भइसकेका छन् ।

यो अवधिमा ३ हजार १२२ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेका छन् ।

The post बितेको २४ घण्टामा २५५९ जना संक्रमित, ५ जना संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles