Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘असारसम्ममा ३ लाखलाई संक्रमण र ६० हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ’

$
0
0

काठमाडौं, ९ वैशाख । सरकारले असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण हुन सक्ने चेतावनी दिएको छ । त्यस अवधिमा ६० हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोभिड–१९ को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखापरेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने प्रतिक्रिया दिएको हो ।्

प्रतिनिधिसभाको अर्थ समिति बैठकमा आगामी बजेट सम्बन्धमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो बताएका हुन् ।

उनका अनुसार तीन लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने र ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने हुन सक्छ ।

यस्तै १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसियु) आवश्यक पर्ने भन्दै उनले त्यसै अनुसार मन्त्रालयले तयारी गरिरहेको बताए ।

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौँका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए।

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको भन्दै उनले जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेकोले अवस्था चिन्ताजनक हुन सक्ने बताए ।

सचिव अर्यालले कुल जनसंख्याको ७६ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि बताए।

त्यस अनुसार २ करोड १५ लाख मानिसहरुलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दरसहित करिब ५ करोड खोप आवश्यक पर्ने बताए। उनले सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको बताए।

The post ‘असारसम्ममा ३ लाखलाई संक्रमण र ६० हजारलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles