Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन

$
0
0

काठमाडौं, २४ चैत । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलवार बसेको समिति बैठकले दोस्रो चरणको कोरोना महामारी नेपालमा भित्रन नदिन र रोकथामका लागि योजनाबद्ध रुपमा प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले सहज रुपमा आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले बताइन् ।

त्यस्तै कोरोनाको दोश्रो चरणको महामारीलाई मध्यनजर गर्दै अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टाइनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि निर्देशन दिइएको सभापति घर्तिले बताइन् ।

त्यस्तै कोरोना संक्रमण भएका र कोरोना संक्रमण नभएका बिरामीलाई बोक्ने एम्बुलेन्स छुट्याएर प्रयोगमा ल्याउन पनि निर्देशन दिइएको उनको भनाई रहेको छ ।

बैठकमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नागरिकलाई सहज रुपमा खोपको पहुचमा ल्याउनका लागि सरकारले अन्य देशसंग अनुमतिप्राप्त खोप भित्राइरहेको र यसलाई निरन्तरता दिने बताइन् ।

उनले कोरोनाको महामारीलाई रोक्न सिमा नाकामा स्वास्थ्य जाँचदेखि अन्य पूर्वाधारको कामका जोड दिएको धारणा राखिन् ।

त्यस्तै समिति सदस्यहरुले भने यसअघिको कोरोना महामारीबाट पाठ सिक्दै दोश्रो चरणको महामारी फैलनुअघि नै सवै तयारी सक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

The post दोस्रो लहरको कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images