Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण, एक्यूआई ५८१ पुग्यो

$
0
0

काठमाडौं, १५ चैत । चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको छ । चीनको सिनयाङमा वायु प्रदूषण मापन गर्ने एक्यूआई ५८१  पुगेको छ । यो अत्यन्तै खतारापूर्ण अवस्था हो । यस्तै  बंगलादेशको ढाका वायू प्रदूषणको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ ।

बंगलादेशको ढाकाको एक्यूआई १८० रहेको छ । यस्तै तेस्रो स्थानमा साउदी अरबको रिहाद रहेको छ । चीनको बेइजिङ भने चौथो स्थानमा रहेको छ । बेइजिङको एक्यूआई १७७ मापन गरिएको छ । खडेरीबाट प्रभावित मंगोलिया र उत्तरपश्चिम चीनमा बालुवाको आँधी आएपछि बेइजिङलगायतका ठाउँमा वायुप्रदूषण बढेको हो ।

भारतको मुम्बई पाँचौ स्थानमा रहेको छ । मुम्बाईको एक्यूआई १६९ रहेको छ । केही दिनअघि विश्वकै सबैभन्दा धेरे प्रदूषण भएको नेपालको काठमाडौं भने छैठौँ स्थानमा झरेको छ । काठमाडौंको एक्यूआई अहिले १६४ रहेको छ । २सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

The post चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण, एक्यूआई ५८१ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles