Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप १८८ जनामा कोरोना पुष्टि, हालसम्म तीन हजार १९ जनाको ज्यान गयो

$
0
0

काठमाडाैं, १० चैत । नेपालमा मंगलबार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा तीन हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या ११ सय २८ र ४८ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म २२ लाख ४५ हजार ३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

The post थप १८८ जनामा कोरोना पुष्टि, हालसम्म तीन हजार १९ जनाको ज्यान गयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles