Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

$
0
0

काठमाडाैं, ९ चैत । नेपालमा सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । सोमबार ९९ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७२ हजार २० जनाले कोरोना जितेका छन् ।

हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९९८ वटा पिसिआर गरिएको छ ।

The post सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles