Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

खाेप अभाव भएपछि देशभर काेराेनाविरुद्धकाे खाेप अभियान स्थगित

$
0
0

काठमाडाैं, ४ चैत । सरकारले काेराेनाविरुद्धकाे खाेप अभियान स्थगित गरेकाे छ । खाेप अभाव भएकाेले स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले तत्कालका लागि अभियान स्थगित गर्ने निर्णय गरेकाे हाे ।

बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।  स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताए ।

गएकाे माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवारसम्म चलेको थियो । अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्राे मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता गाैतमले बताए ।

The post खाेप अभाव भएपछि देशभर काेराेनाविरुद्धकाे खाेप अभियान स्थगित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415