नयाँ दिल्ली, १५ फागुन । छिमेकी राष्ट्र भारतमा कारोना भाइरसको नयाँ स्ट्रेन भुसको आगो जस्तै फैलिइरहेको छ । भारतका १८ राज्यमा नयाँ स्ट्रेन भुसको आगोजस्तै फैलिइसकेको छ ।
यी राज्यहरुमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पंजाब लगायत रहेका छन् । कोरोनाको स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्रजिलबाट आएको यो नयाँ स्ट्रेन अहिलेसम्म भारतमा १९४ जनामा देखिएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियन्टसँग मिलेको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् । ६ जना दक्षिणी अफ्रिका र ब्रजिलका १ जनाको स्ट्रेन मिलेको छ ।
कोरोनाको पुरानो स्ट्रेन पनि भारतमा फैलनेक्रम तीव्र छ । शुक्रबार मात्रै १६ हजार १९ जना संक्रमित थपिँदा १२ हजार ३६१ कोरोनामुक्त भएका छन् भने १०९ जनाको ज्यान गएको छ ।
१ लाख ३० हजारको हाराहारीमा झरेको सक्रिय संक्रमितको संख्या १ लाख ५६ हजार ४१३ रहेको छ । भारतमा अहिलेसम्म १ करोड १० लाख ७९ हजार ९४ संक्रमित पुगेका छन् । १ करोड ७ लाख ६१ हजार १३९ जना कोरोनामुक्त भएका छन् । मृतक १ लाख ५६ हजार ९७० पुगेका छन् ।
The post छिमेकमा भुसको आगोझैं फैलँदै कोरोनाको नयाँ स्ट्रेन appeared first on Sajha Post.