Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार थपिए १६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २७ माघ । नेपालमा मंगलबार थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म नेपालमा दुई हजार ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६८ हजार ४३१ जना निको भएका छन् । त्यस्तै हाल १७ सय ३७ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमाा छन् । त्यस्तै हालसम्म २१ लाख १ हजार ५९ वटा पिसिआर गरिएको छ ।

 

The post मंगलबार थपिए १६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles