काठमाडाैं, २६ माघ । नेपालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै १९४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार २६६ जना कोरोनामुक्त भएका छन् । हाल १७ सय ४४ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० वटा पिसिआर गरिएको छ ।
The post सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु appeared first on Sajha Post.