Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

$
0
0

काठमाडौं, १८ माघ । आइतबार नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा १०५ जना  कोरोना संक्रमित थपिएसँगै  हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको  कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै  मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका ६० जना, ललितपुरका ६ जना र भक्तपुरका २ जना रहेका छन् ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५९४ रहेको मन्त्रालयले जनाएको छ ।

The post आइतबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles