Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सर्लाहीमा पहिलो चरणमा ६ हजार ६ सय ३९ जनालाई खोप दिइने

$
0
0

एसपी यादव/ सर्लाही, १४ माघ । पहिलो चरणमा जिल्लामा ६ हजार ६ सय ३९ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबार जिल्ला अस्पताल सर्लाहीबाट शुरु भएको छ ।

जिल्ला अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव कुमार सिंहलाई पहिलो पटक कोरोना विरुद्धको खोप लगाएर सर्लाहीमा अभियान शुरु गरिएको हो ।

अभियानको पहिलो दिन बुधबार १२९ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले जानकारी गराएका छन् ।

खोप लिने १२९ जनाहरु मध्ये ४३ जना स्वास्थ्यकर्मी, ३९ जनाहरुमा सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी र सरकारी वकिल कार्यालयका प्रमुख, २० जना महिला स्वयंसेवीका, २६ जना विभिन्न सरकारी कार्यालयका कार्यालय सहयोगी तथा सरसफाइकर्मी र १ जना एम्बुलेन्स चालक रहेका छन् ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नायकका अनुसार, सर्लाहीमा पहिलो चरणमा ६ हजार ६ सय ३९ जनालाई खोप दिइने लक्ष्य भएपनी हाललाई नेपाल सरकारबाट ५ हजार ३ सय डोज मात्र प्राप्त भएको छ ।

मंगलवार जिल्ला खोप समन्वय समितिको बसेको बैठकले बुधबार देखि खोप अभियान शुरु गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेकालाई मात्र खोप लगाइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नायकले जनाएका छन् । १५ गते बिहिवारका दिन मलगंवा नपाका १२ वटै वडा, १६ र १७ गते क्रमशः २० वटै पालिकालाई समेट्ने योजना रहेको नायकले जनाएका छन् ।

जिल्लाका ७० प्रतिशात जनतालाई खोप लगाइने समेत उनले बताए । आवश्यक थप डोजका लागि पुनः सरकारसँग माग गर्ने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नायकले जानकारी गराए ।

१८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र खोप लगाउन सक्ने जानकारी गराउदै स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नायकले भने, ‘गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन मिल्दैन ।’

मुटुको रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्ने समेत उनले जनाए । उनले भने, ‘खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता समस्या देखिएको छ ।’ यद्यपि उनले यसबाट नआत्तिन समेत आग्रह गरेका छन् ।

The post सर्लाहीमा पहिलो चरणमा ६ हजार ६ सय ३९ जनालाई खोप दिइने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images