काठमाडौं, ९ माघ । शुक्रबार काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५३ महिला र ५९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा देशभर थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३५ हजार ३०१ जनाको आरटी पीसीआर परीक्षण भएको छ।
योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । जसमध्ये २ लाख ६३ हजार ३४८ जनाले कोरोना जितेका छन् ।
The post उपत्यकामा शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण appeared first on Sajha Post.