Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

$
0
0

काठमाडौं, १ माघ । पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक गरिएको विवरण अनुसार बितेको २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

यो अवधिमा ४ सय ५ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४३ पुगेको छ।

The post ४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles