Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२०० देखि २९५ रुपैयाँसम्ममा कोरोना खोप उपलब्ध गराउँदै सरकार

$
0
0

नयाँदिल्ली, २८ पुस । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ ।

भारतले अहिलेसम्म कोरोनाभाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ ।

भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्नेे तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए ।

भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् ।

‘कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्ष्टीच्यूड अफ इन्डीया (एसआईआई)ले गरिरहेको छ,’ भूषणले भने ।

त्यसैगरी अर्को खोप कोभ्याक्सीन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए । यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेड (बीबीआईएल)ले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ ।

दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ । एएनआई

The post २०० देखि २९५ रुपैयाँसम्ममा कोरोना खोप उपलब्ध गराउँदै सरकार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles