Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुहोस्’

$
0
0

काठमाडौं, २१ पुस । सरकारले कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण पश्चात कोरोना पुष्टि भएकाहरुको ज्यान जोखिममा हुने भएकाले जहाँ बसेपनि स्वास्थ्यकर्मीको सम्पर्कमा बस्न भनेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्क्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल समयमै नपुग्नाले उपचार आदिमा ढिला भई ठूलो जोखिम आउने र यस अवस्थामा मानसिक तनावसमेत बढ्न सक्ने भएकाले सतर्क रहन भनेको हो ।

यस्तै अनावश्यक कोरोना परीक्षण नगराउन र नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले होम आइसोलेसनमा तथा अस्पताल सेन्टरमा भर्ना भएर लामो समय रहने र पटक पटक परीक्षण गरिरहने तथा नतिजा नेगेटिभ नआउञ्जेल डिस्चार्ज समेत नहुने कार्यहरु गर्दा गम्भीर प्रकृतिका बिरामीहरु उपचारबाट बञ्चित हुने गरेकाले त्यस्तो नगर्न पनि आग्रह गरेको छ ।

The post ‘कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुहोस्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles