Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एकदिनमा ७३६ कोरोना संक्रमित थपिए, १३ संक्रमितको मृत्यु

$
0
0

काठमाडौं, १ पुस । बितेको २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। बुधबार थप २९१ महिला र ४४५ पुरुष गरी ७३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार ५५५ स्वाबको पीसीआर परीक्षण गराउँदा ७३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै बुधबार ८४७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार मात्र कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ४५२ जना क्वारेन्टिन र ९ हजार ७५७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २८९ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

The post एकदिनमा ७३६ कोरोना संक्रमित थपिए, १३ संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles