काठमाडौं, २६ मंसिर । गुणस्तरहिन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।
कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क लगाउनै पर्ने अवस्था रहेको र मास्कको धेरै माग हुँदा कम गुणस्तरको मास्कको प्रयोगले अनुहारको छालामा समस्याहरु देखिन सक्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णले बताए ।
उनले बजारमा पाइने कतिपय मास्कहरुमा तीन तह पनि नहुने गरेको र मास्कमा हुने तह नरम र गुणस्तरिय नभएको पनि बताए ।
डा कर्णले गुणस्तरहिन मास्को प्रयोगले मानिसको अनुहारमा एलर्जी हुने, ओठ सुख्खा हुने, मास्क लगाएको भागमा रातो हुने, मास्क अड्काउदा काममा दुखाई बढ्ने, डन्डीफोहोरहरु आउने लगायतका समस्या हुने बताए ।
कोरोना संक्रमणबाट बच्न मास्क अनिवार्य हुने भएपनि अनुहारको छालाको लागि धेरै समय मास्क लगाउनु उपयुक्त नहुने डा कर्णले बताए ।
डा. कर्णले सम्भव भएसम्म कटनको तीन तहको मास्क प्रयोग गर्न सुझाव पनि दिए । उनले बालबालिकाहरुलाई बढी कसिलो मास्क लगाइदिदा उनीहरुको कान पाक्ने समस्या समेत देखिने भएकाले मास्क लगाउँदा बिषेश ध्यान दिनुपर्ने उल्लेख गरे ।
The post गुणस्तरहिन मास्क लगाउँदा छाला बिग्रनसक्छः चिकित्सक appeared first on Sajha Post.