Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

१०९६ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

$
0
0

काठमाडौं, २१ मंसिर । आइतबार नेपालमा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमित निको भएका छन् ।

आइतबार १७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ५९४ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ४० हजार ९८१ जना कोरोना संक्रमित भएका छन् भने २ लाख २५ हजार ८०५ जना निको भइसकेका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् ।

आइतबार उपत्यकामा ४८४ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १३ हजार ५८२ जना आइसोलेसनमा रहेका छन् भने ५३६ जना क्वारेन्टिनमा रहेका छन् ।

The post १०९६ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images