काठमाडौं, २० मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २०६ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
शनिबारसम्म ५३६ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ हजार २५५ जना आइसोलेसनमा रहेका छन् ।
आजसम्म कुल १७ लाख ७८ हजार २४ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।
The post शनिबार थपिए १०२४ कोरोना संक्रमित, २२०६ जना निको appeared first on Sajha Post.