Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चितवनमा कोरोनाका सक्रिय संक्रमित ५०० भन्दा कम

$
0
0

चितवन, १९ मङ्सिर । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा कम रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मंसिर ११ गते यता सक्रिय संक्रमितको संख्या ५ सयबाट घटेर बिहीबारसम्म ४५८ पुगेको छ । अहिले होम आइसोलेसनमा ४१९, संस्थागत आइसोलेसनमा ३९ जना छन् ।

तीमध्ये भरतपुर महानगरपालिकाभित्रका मात्रै ३७८ जना छन् । रत्‍ननगर नगरपालिकामा ४०, खैरहनी र माडी नगरपालिकामा समान ६/६, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा १७, इच्छाकामना गाउँपालिकामा ४ जना सक्रिय संक्रमित छन् ।

जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ । जसमध्ये ५ हजार ३ सय ६ जना कोरोनामुक्त भइसकेका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म ९६ जनाको मृत्यु भएको छ ।

The post चितवनमा कोरोनाका सक्रिय संक्रमित ५०० भन्दा कम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles