काठमाडौं, १७ मंसिर । नेपालमा बुधबार थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र सुनसरीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ को धुनषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ८ जना संक्रमित थपिएका छन् ।
यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ९ जना सक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, वागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नलवपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रोल्पामा १ र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा ४ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुदूरपश्चिमको अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ र बाजुरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
The post बुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् पूरा विवरण appeared first on Sajha Post.