Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए १६ सय ६९ कोरोना संक्रमित, १६ जनाको मृत्यु

$
0
0

काठमाडौं, ७ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बितेको २४ घण्टामा ५ हजार ६९९ जना निको भएका छन् ।

मन्त्रालयको अनुसार बितेको २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

आइतबारसम्म नेपालमा १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

१९ हजार ९६३ जना आइशोलेशनमा छन् भने क्वारेन्टाइनमा ६८६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपाल हालसम्म १६ लाख ६० हजार ७५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

The post आइतबार थपिए १६ सय ६९ कोरोना संक्रमित, १६ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles