Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भिन्टी खानुका फाइदैफाइदा

$
0
0

एजेन्सी, २० वैशाख । भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ । भिन्टी स्वस्थका लागि निकै राम्रो मानिन्छ । यसमा प्रोटीन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर पाइन्छ ।

थाहा पाउनुहोस् भिन्टी खानुका फाइदाहरु

 

मुटुको रोगबाट बचाउने काम गर्छ

प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ

गर्भवती महिलालाई फादइाजनक

भिन्टीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्छ । यदी तपाई पनि गर्भवती हुनुहुन्छ भने भिन्टी खानुहोस् ।

क्यानसरबाट बचाउने काम गर्छ

भिन्टीमा रहेको हाइ एन्टी अक्सिडेट तपाईको सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ ।

मस्तिष्कका लागि राम्रो

भिन्टीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ । यो पोषक तत्व मस्तिष्कलाई स्वस्थ राख्न काम गर्छ ।

तौल घटाउन

तौल घटाउन समेत भिन्टीले काम गर्छ । यसमा धेरै कम क्यालोरी हुन्छ भने फाइबर ज्यादा हुन्छ । तपाईले भेटभरी भिन्टी खाए पनि कम क्यालोरी लिनु हुनेछ । १०० ग्राम भिन्टीमा ३३ क्यालोरी हुन्छ ।

डायबिटिज नियन्त्रण गर्ने काम गर्छ

डायबिटिजका बिरामीहरुलाई भिन्टीको तरकारी सही साबित हुन्छ । फाइबरले भरपुर भिन्टीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।

The post भिन्टी खानुका फाइदैफाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles