Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सरकार निशुल्क भन्छ, अस्पताल शुल्क लिन्छ

$
0
0

काठमाडौं, १ मंसिर । विपन्न नागरिकको उपचार निःशुल्क गर्ने सरकारको घोषणाविपरीत अस्पतालहरुले शुल्क लिइरहेको पाइएको छ ।

विपन्न नागरिकको निशुल्क उपचार गर्नुपर्ने विषयमा बेलाबखत सरकारी निर्णय नै द्विविधाग्रस्त देखिएपछि सरकार अस्पतालहरुले पनि कोरोना संक्रमितबाट उपचार शुल्क उठाइरहेको पाइएको हो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा शुल्क लिइएको पाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । देशका विभिन्न अस्पताहरुले महङ्गो शुल्क तोक्ने र रकम तिर्न नसक्ने परिवारलाई शव समेत लैजान नदिने जस्तो अमानवीय व्यवहार भएका घटना विभिन्न सञ्चार माध्यमहरुमा आएको भन्दै मन्त्रालयले यस्तो काम नगर्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका विज्ञ सल्लाहाकार डाक्टर खेम कार्कीले त्यस्ता अस्पताहरुलाई कारबाहीका लागि प्रक्रिया अगाडी बढाइएको जिकिर गरेका छन् । नेपालको संविधानले महामारीजन्य रोगहरुको उपचार निशुल्क पाउनुपर्ने व्यवस्था गरेको छ ।

The post सरकार निशुल्क भन्छ, अस्पताल शुल्क लिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles