Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार उक्त जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ४२ र ललितपुरमा १३३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

योसँगै उपत्यकामा कूल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १४७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles