Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए २१११ कोरोना संक्रमित, ३५३७ जना निको हुँदा १३ जनाको मृत्यु

$
0
0

काठमाडौं, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५३७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

शुक्रबारसम्म ९८६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३७ हजार २२ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १५ लाख ९३ हजार ८५० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १३ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२०२ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शुक्रबार थपिए २१११ कोरोना संक्रमित, ३५३७ जना निको हुँदा १३ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images