काठमाडौँ, २७ कात्तिक । नेपालमा बिहिबार १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३४९ सङ्क्रमणमुक्त भएसँगै हालसम्म एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएका छन् ।
बिहिबार सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
कोरोनाका कारण बिहिबार थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हालसम्म ३८ हजार ४६१ जना आइशोलेशनमा रहेका छन् भने ९७४ जना क्वारेन्टीनमा छन् । हालसम्म १५ लाख ८४ हजार ३१७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
The post बिहिबार थपिए १९१३ जना कोरोना संक्रमित appeared first on Sajha Post.