Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कस्तो रोग लाग्दा कुन चिकित्सककोमा जाने ? थाहा पाउनैपर्ने जानकारी

$
0
0

हाम्रो चिकित्सा प्रणाली यति धेरै विकसित र विशिष्टिकृत भैसकेको छ कि प्रत्येक रोगहरुका लागि यहाँ एकजना चिकित्सक हुन्छन् । तर हामीमध्ये सबैलाई थाहा हुन नसक्छ, कुन रोगका लागि कुन चिकित्सकसँग सम्पर्क राख्ने । यसले गर्दा अस्पतालको चक्कर काट्दा हाम्रो अमूल्य समय र धन पनि खर्च भैरहेको हुन्छ । यद्यपि हामी उचित उपचार पाइरहेका हुँदैनौ ।

यसका लागि हामीलाई आवश्यक पर्ने चिकित्सक र उनीहरुसँग सम्बन्धित हाम्रा समस्याहरुका सूचीहरु तल दिइएको छ-

  • एलर्जिस्ट दम या अन्य एलर्जीजन्य बिमारहरुका चिकित्सक हुन् ।
  • कार्डियोलोजिस्ट ह्रदयघात या मुटुसँग जोडिएका अन्य रोगहरुका चिकित्सक हुन् ।
  • डर्मिटोलोजिस्टले हाम्रा छालासँग सम्बन्धित रोगहरुको उपचार गर्ने गर्छन् ।
  • ग्यासँट्रियोनट्रोलोजिस्ट  पेटसँग सम्बन्धित रोगहरुका चिकित्सक हुन् ।
  • गाइनोकोलोजिस्ट महिलाहरुसँग सम्बन्धित समस्याहरुका चिकित्सक हुन् ।
  • इन्टरनिस्टले वयस्कहरुका सबै प्रकारका बिमारीहरुको निदान गर्ने काम गर्छन् ।
  • न्युरोलोजिस्ट नसासम्बन्धि रोगहरुका चिकित्सक हुन् ।
  • अब्स्टेट्रिसियनले गर्वावस्था र बच्चा जन्मिसकेपछि उत्पन्न हुने जुनसुकै समस्याको उपचार गर्छन् ।
  • अप्थाल्मोलोजिस्ट आँखासँग सम्बन्धित रोगहरुका चिकित्सक हुन् ।
  • अर्थोपेडिस्टले हड्डीका जुनसुकै समस्याको उपचार गर्छन् ।
  • ओटोलोजिस्ट कानसँग सम्बन्धित समस्याका लागि काम गर्छन् ।
  • त्यस्तै पेडियाट्रिशियन बालबालिका सम्बन्धित कुनैपनि समस्याको चिकित्सक हुन् ।
  • पोडीयाट्रिस्ट खुट्टासँग सम्बन्धित रोगहरुका चिकित्सक हुन् ।
  • साइक्याट्रिस्ट मस्तिष्कका समस्याहरु निदान गर्ने चिकित्सक हुन् ।
  • रेडियोलोजिस्ट शरिर या एक्स रेका समस्याहरु उपचार गर्ने चिकित्सक हुन् ।

 

The post कस्तो रोग लाग्दा कुन चिकित्सककोमा जाने ? थाहा पाउनैपर्ने जानकारी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images