काठमाडौं, २६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२६१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या दुई लाख नाघेको छ ।
The post काठमाडौं उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित appeared first on Sajha Post.