Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थपिए ३०५१ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो

$
0
0

काठमाडौं, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४३० जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

बिहीबारसम्म १ हजार २३२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३६ हजार ५१४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ६८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १५ लाख ७ हजार १९० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०५२ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बिहीबार थपिए ३०५१ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles