Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति?

$
0
0

काठमाडौँ, १९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएसँगै  कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ८४४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

बुधबारसम्म १ हजार ३०५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३६ हजार ९११ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १४ लाख ९४ हजार १२२ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १७२, संखुवासभामा १, सुनसरीमा १३०, धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४, सिरहामा ८, काठमाडौँमा १५७०, काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १ र रामेछापमा ९ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४, सिन्धुलीमा १३, कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २, स्याङ्जामा २३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६, रुपन्देहीमा ११०, कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुमपश्चिममा ६, सुर्खेतमा २, अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जनामा कोरोना पुष्टि भएको छ।

बुधबार थप ३० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०३४ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles