Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मङ्गलबार थपिए ३११४ कोरोना संक्रमित, ३१४२ जना संक्रमणमुक्त हुँदा २० जनाको मृत्यु

$
0
0

काठमाडौं, १८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३  हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १४२ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

मङ्गलबारसम्म १ हजार २७७ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३७ हजार ७७६ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १४ लाख ८० हजार ९७८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप २० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १००४ पुगेको मन्त्रालयले जनाएको छ ।

The post मङ्गलबार थपिए ३११४ कोरोना संक्रमित, ३१४२ जना संक्रमणमुक्त हुँदा २० जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles